
५ चैत, काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिच सिरी एको इतिहासमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।
४१ वर्षीय इब्राहिमोभिचले सिरी ए मा उडिनेसी विरुद्ध गोल गर्दै उक्त कीर्तिमान बनाए ।
उनले गोल गरे पनि खेलमा एसी मिलान ३-१ ले पराजित भएको थियो ।
इब्राहिमोभिचले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । तर दोस्रो हाफमा दुई गोल बेहोरेपछि मिलान पराजित भयो ।
इब्राहिमोभिचले ४१ वर्ष १६६ दिनको हुँदा गोल गरी कीर्तिमान बनाए । यसअघि अलेसान्द्रो कोस्टाकुर्ताले ४१ वर्ष २५ दिनको हुँदा गोल गर्दै कीर्तिमान बनाएका थिए ।
गत सिजन मिलानलाई सिरी ए उपाधि जिताउन मदत गरेका इब्रामिहोभचिल चोटका कारण लामो समय मैदान बाहिर थिए ।
उनी फेब्रुअरीमा मात्र मैदान फर्केका थिए । उडिनेसी विरुद्ध इब्राहिमोभिचले कप्तानी गर्दै खेल सुरुवात गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4