+
+

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १४:०५

५ चैत, काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार अबेर सम्पन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्निरोध चुनिए ।

शुभराम मुनांकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारञ्जित, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरुलाई खादा लगाइ बधाइ दिएका थिए ।

त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले लाटिम्पाटमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, ४ प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?