+
+

चितवनका १७ मध्ये २ वटा क्याम्पसमा मात्रै स्ववियू निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १५:०६

५ चैत, चितवन । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन पाएका चितवनका १७ मध्ये २ वटा क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भइरहेको छ । माडी नगरपालिकाको माडी क्याम्पस र पूर्वी चितवनको टाँडीमा रहेका शहीद स्मृति क्याम्पसमा मात्र स्ववियुको चुनाव भएको हो ।

धेरै विद्यार्थी भएका क्याम्पस बीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, इन्जिनिरिङ क्याम्पसमा स्ववियूको निर्वाचन हुन सकेको छैन । सम्वन्धन पाएका ठूला कलेजहरू सप्तगण्डकी बहुमुखी क्याम्पस र बालकुमारी कलेजमा पनि चुनाव स्थगित भएको ती कलेजका क्याम्पस प्रमुखहरूले जानकारी दिए । कलेजमा विद्यार्थी संगठनहरूले नै तालावन्दी गर्ने, तोडफोड गरेर निर्वाचनको काम गर्न नदिएपछि स्थगित गरेको क्याम्पस प्रमुखहरुको दाबी छ ।

निर्वाचन स्थगित गरेको भन्दैं एमालेको अनेरास्ववियुले भरतपुरको सप्तगण्डकी क्याम्पसमा आइतवार विहान विरोध प्रदर्शन गरेको छ । एक हप्ताभित्र चुनाव गर्न नसके क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षलाई राजीनामा दिन भनिएको अनेरास्ववियुका इकाई अध्यक्ष महेश सापकोटाले बताए ।

साना विद्यार्थी संगठनको ताला फोडेको प्रशासनले ठूला पार्टी निकटका विद्यार्थी संगठनले ताला लगाउँदा मौन बसेको विद्यार्थी संगठनहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय चितवनले फागुन ३० गते विहानै जिल्लाका सबैजसो क्याम्पसमा साना विद्यार्थी संगठनले लगाएको ताला फुटाएको थियो । तर, त्यसपछि लगाएका ताला खोल्ने बारेमा भने खासै चासो दिएको छैन ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले केही दिन तलमाथि भएपनि चुनाव हुनुपर्ने बताए । उनका अनुसार जिल्लाका तीन वटा आंगिक क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चुनाव हुन नसकेको हो ।

माडीको माडी बहुमुखी क्याम्पसमा सत्ता गठवन्धन निकटका विद्यार्थी संगठनहरू बीच संयुक्त प्यानल बनाएर चुनाव लडेका छन् भने एमाले निकटको अनेरास्ववियु एक्लै निर्वाचनमा होमिएको छ । गठबन्धन प्यानलबाट अखिल क्रान्तिकारीका रवि भूर्तेल अध्यक्ष्ँ उम्मेदवार छन् भने एमाले निकट अनेरास्ववियुबाट राकेश चौधरी अध्यक्षको उम्मेदवार बनेका छन् ।

पूर्वी चितवनको शहीद स्मृति क्याम्पसमा अखिलको संयुक्त प्यानल र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा हुँदैछ । अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकोटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?