+
+

पद्मकन्या क्याम्पसमा ३१ प्रतिशत मात्रै मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १९:४८

५ चैत, काठमाडौं । पद्मकन्या क्याम्पसमा भएको स्ववियु निर्वाचनमा जम्मा ३१ प्रतिशत मात्रै मत खसेको छ ।

पद्मकन्या क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार पाँच हजार ७ सय मतदाता रहेको क्याम्पसमा जम्मा एक हजार ८१७ मात्रै मत खसेको छ ।

१४ वर्षपछि भएको निर्वाचनमा निराशाजनक मत खसेको निर्वाचन समितिले जनाएको छ । २१ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदको लागि ३ उम्मेदवार सहित प्रत्यक्ष तर्फबाट ३४ जनाले उम्मेदवारी दिएका छन् ।

समितिका अनुसार भर्खरै सर्वपक्षीय बैठक पूरा भएको र केहीबेरमै मत गणनाको तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?