+
+

स्ववियु निर्वाचनमा विवाद भएपछि बाजुराको बूढीनन्दामा कर्फ्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते २१:४४

५ चैत, धनगढी । बाजुराको बूढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

सत्तारुढ गठबन्धन निकट विद्यार्थी संगठन र एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थीबीच बूढीनन्दा क्याम्पसको स्ववियु निर्वाचनको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । उनकाअनुसार दिउँसो स्ववियु निर्वाचनका क्रममा गठबन्धनमा आवद्ध संगठन र अनेरास्ववियुबीच झडप हुँदा निर्वाचन समितिले मतदान स्थगित गरेको थियो ।

मतदान स्थगित गरेपछि राति हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर कर्फ्यु लगाइएको प्रजिअ खड्काले बताए । मतदानका क्रममा विद्यार्थीहरुबीच झडप हुँदा प्रहरीले दिउँसो २४ राउण्ड हवाइ फायर समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?