+
+

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ६:०३

६ चैत, काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?