+
+

देवदह आदर्श बहुमुखीमा अनेरास्ववियुको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ८:१०

६ चैत,बुटवल । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा अर्जुन गैरे २९१ मत ल्याएर विजयी भएका छन् । उनको  नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?