+
+

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिनले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १८:०५

६ चैत, काठमाडौं । भर्चुअल बैठकमा महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तले राजीनामा दिएका छन् ।

उनले इमेलमार्फत राजीनामा बुझाएको उपकुलपति उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले जानकारी दिए । उपकुलपतिले राजीनामा स्वीकृतको लागि कुलपतिलाई पठाएको बताए । भर्चुअल बैठक चलिरहेका बेला डिन दत्तले महिला कर्मचारीमाथि अश्लिल व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।  उक्त भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले उनलाई निलम्बन गरेको थियो ।

डिन पदबाट राजिनामा दिलाएर कारबाहीबाट जोगाउन खोजिएकव कृषि तथा वन विश्वविद्यालयका अध्यापकहरु बताउँछन् । ‘यो तुरुन्तै प्रहरीमा लानुपर्ने केस हो तर यहाँ सकेसम्म प्रहरीको बाट जोगाउने खेल भइरहेको छ’ एक प्राध्यापकले भने ।

उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले भने तीन सदस्यीय छानबिन समिति बनाए पनि दुई जनाले काम गर्न नसक्ने जवाफ दिएपछि अनुसन्धान कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने बताए ।

उनले भने, ‘हामीले निलम्बन गरेर कारबाही गरिसकेका छौं । अर्को हामीले तत्काल तीन सदस्यीय छानबिन समिति बनाएकामा दुई जनाले नसक्ने भन्ने मेसेज आएको छ । अब कसरी जाने भन्ने छलफल गर्छौं ।’

विश्वविद्यालयका एक प्राध्यापक भने छानबिन समितिका सदस्यहरुले प्रहरीले हेर्नुपर्ने मुद्दा आफूहरुले छानबिन गर्न नसक्ने भनेर उपकुलपतिलाई जानकारी गराएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?