+
+

फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १९:०८

६ चैत, बुटवल । फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस क्लब सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा फ्रेण्ड्सका डोना थापा र राफियो यमोनीले दोस्रो हाफमा गोल गरेका थिए । एपीएफको तर्फबाट दोस्रो हाफको ईन्जुरी समयमा विरेन्द्र यादवले सान्त्वना गोल फर्काएका थिए ।

खेलमा फ्रेण्ड्स क्लबका राफियो यमोनी म्यान अफ द म्याचबाट हुँदै ११ हजार १ सय ११ रुपैयाँ र हेल्मेट पुरस्कार प्राप्त गरेका छन् ।

फ्रेण्ड्स क्लबले सेमिफाइनलमा मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लबबीचको बिजेतासँग खेल्ने छ । मनाङ र पुलिसको खेल मंगलबार हुने छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?