+
+

जब अन्तरिक्ष स्टेशनको एन्टेना २७ हजार किमी प्रतिघण्टाको गतिले पृथ्वीमा खस्यो

एजेन्सी एजेन्सी
२०७९ चैत ७ गते १३:०३

अमेरिकाको क्यालिफोर्नियाका मानिसहरुले शुक्रकार राति आकाशमा जुन दृश्य देखे त्यसको सुरुआत वास्तवमा सन् २००९ मै भएको थियो ।

अन्तराष्ट्रिय स्पेस स्टेशनमा एउटा सञ्चार यन्त्र जडान गरिएको थियो । तर सन् २०२० मा उक्त उपकरणको काम सकिएको अर्थात् रिटायर्ड घोषणा गरियो ।त्यसैले ३१७.५१ केजीको उक्त भारी रकम तथा बेकार यन्त्रलाई स्पेश स्टेशनमा राखेर अनावश्यक रुपमा स्टेशनको वजन किन बढाइरहनु थियो र रु त्यसैले सन् २०२० को फेब्रुअरीमा स्पेश स्टेशनबाट त्यसलाई जेटिनस अर्थात् बाहिर फ्याँकियो ।

स्पेस स्टेशनबाट निस्किएको उक्त बिग्रेको सञ्चार यन्त्र तीन वर्षसम्म पृथ्वीको वरिपरि घुमिरह्यो । पछिल्लो २ वर्षमा भने यसको कक्षमा परिवर्तन आइरहेको थियो । यो विस्तारै पृथ्वीतिर आइरहेको थियो । अन्ततः शुक्रबार राति यो क्यालिफोर्नियाको आकाशमा आएको देखियो ।

स्मिथसोनियन एण्ड हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्सका अन्तरिक्ष भौतिक वैज्ञानिक जोनाथ म्याकडावेलका अनुसार क्यालिफोर्निया माथिको आकाशमा यो यन्त्र २७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको थियो । साथै त्यसले चम्किलो प्रकाश फैलाइरहेको थियो । जोनाथनका अनुसार यसको ९० प्रतिशत हिस्सा वायुमण्डलमा जल्यो । त्यसैले बाँकी रहेको १० प्रतिशत भागबाट कुनै पनि खतरा रहेन ।

के चिज थियो त्यो यन्त्र, जुन जलेर खरानी भयो ?

वास्तवमा यो एउटा सञ्चार एन्टेना थियो । यसलाई Inter-Orbit communication system-exposed facility भनिन्थ्यो । यो एक विशेष यानका माध्यमबाट सन् २००९ मा स्पेश स्टेशनमा लगिएको थियो । पृथ्वीमा खस्ने समयमा यसको केवल १० प्रतिशत हिस्सा मात्रै जमीन वा पानीमा खसेको थियो । बाँकी सबै वायुमण्डलमै दहन भयो ।

यद्यपि उक्त एन्टेना अनियन्त्रित तरिकाले पृथ्वीतर्फ आएको थियो । त्यसलाई नियन्त्रित गर्न सकिंदैनथ्यो । जोनाथनका अनुसार यो योसेमाइट नेशनल पार्कमा कतै खसेको हुनसक्दछ । उसो त पछिल्ला ५० वर्षदेखि हरेक वर्ष यस आकारका कुनै न कुनै अन्तरिक्षका फोहोर पदार्थहरु पृथ्वीमा झरिनै रहेका छन् । यद्यपि यस्तो घटना कहिले र कहाँ हुन्छ भन्ने कुरा थाहा पाउन भने केही कठिन नै हुन्छ ।

अन्तरिक्षमा मानव निर्मित सामानहरु कति छन् ?

प्राइभाटिर नामको एक कम्पनी छ, जसले अन्तरिक्षमा रहेका मानव निर्मित वस्तुहरुको रेकर्ड राख्दछ । डाक्टर मोरिबा जाह सो कम्पनीका संस्थापक हुन् ।

कम्पनीका अनुसार अन्तरिक्षमा मानिसले बनाएका जुन वस्तुहरु छन्, तिनीहरु मोबाइल फोनको आकारदेखि स्पेश स्टेसनसम्मका छन् । यस्ता करिब ४८ हजार वस्तुहरू अन्तरिक्षमा पृथ्वीको परिक्रमा गरिरहेका छन् ।

डाक्टर मोरिबाका अनुसार जब यी वस्तुहरु रातमा वा दिनमा पृथ्वीमा खस्दछन्, यिनीहरुले आकासमा चमकदार प्रकाश पैदा गर्दछन् ।

आकाश सफा भएको बेलामा त्यो दृश्य प्रष्ट देखिन्छ । वायुमण्डलको सम्पर्कमा आउने बित्तिकै यी वस्तुहरू जल्न थाल्छन् । जुन दृश्य यस्तो लाग्छ कि कुनै आतिशबाजी भैरहेको छ ।

वर्तमान विश्वमा हरेक हप्ता औसतमा १ दर्जन स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपित भैरहेका छन् । त्यसैले केही वर्षपछि हरेक दिन अन्तरिक्षबाट एउटा न एउटा यस्तो अन्तरिक्ष फोहोर पृथ्वीमा खस्ने अनुमान गर्न सकिन्छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?