३ चैत, काठमाडौं। अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेको छ।
टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्।
यो टोली सुनिता र बैरी रहेको स्थानमा पुग्नेछ । स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग सम्पर्कमा पुगिसकेको छ ।
यसैबीच, स्पेसएक्सका एलन मस्कले आफ्नो एक्स पोस्टमा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागन केही दिनभित्र अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउनेछ।’
Crew 10 Dragon vehicle arriving! pic.twitter.com/3EZZyZW18b
— Don Pettit (@astro_Pettit) March 16, 2025
सुनिता विलियम्स र बैरी विल्मोर करिब नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अड्किएका छन्।
उनीहरूले ५ जून २०२४ मा स्टारलाइनर अन्तरिक्षयानमार्फत परीक्षण मिसनका लागि उडान भरेका थिए।
तर, आठ दिनपछि फर्किनुपर्ने निर्धारित योजना स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बन्यो । उक्त यानमा आईएसएस नजिक पुगेपछि समस्या देखिएको थियो ।
यसका पाँच थ्रस्टरहरू (यानको दिशा नियन्त्रण गर्ने उपकरण) बन्द भएका थिए भने हिलियम आपूर्तिमा समाप्त देखिएको थियो ।
यसकारण यानलाई जलनशील इन्धनमा निर्भर रहनुपर्यो, जसले गर्दा दुवै अन्तरिक्षयात्रीको पृथ्वी फर्कने योजना स्थगित हुन पुग्यो।
All the hugs. ????
The hatch of the SpaceX Dragon spacecraft opened March 16 at 1:35 a.m. ET and the members of Crew-10 entered the @Space_Station with the rest of their excited Expedition 72 crew. pic.twitter.com/mnUddqPqfr
— NASA’s Johnson Space Center (@NASA_Johnson) March 16, 2025
प्रतिक्रिया 4