+
+

अल्फा अटोमोटिभले सञ्चालनमा ल्यायो काठमाडौंका दुई स्थानमा नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते २०:०२

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंका दुई स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको नक्सालस्थित नारायणचौर र कोटेश्वरस्थित बालकुमारी पुलनजिकै अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको उद्घाटन त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तमलाल संघाईले गरेका छन् ।

रोयल इनफिल्ड मोटरसाइकल शोरुम “बाइकर्स होमको” अवधारणामा निर्माण गरिएको छ ।शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ ।

अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरी ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम सञ्चालन गरिरहेको छ भने चैत महिना भित्र थप ४ वटा (विर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर) सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अगामी असार महिनाभित्र थप ८ वटा (विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ्ग, नेपालगञ्ज र त्रिपुरेश्वर) सञ्चालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ । अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?