+
+

अल्फा अटोमोटिभका विजेतालाई हेलमेट उपहार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १४:४६

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले सञ्चालन गरेको अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेतालाई उपहार प्रदान गरिएको छ ।

१२ कात्तिकदेखि १० पुससम्म सञ्चालित अनलाइन सर्भिस क्विज कार्यक्रमका तीन जना विजेतालाई एक/एक थान हेलमेट पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो र अनलाइन सर्भिस कुइजमा ६०० जानाले भाग लिएका थिए । जसमध्ये ३ जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरीएको थियो । सहभागीले फ्री सर्भिस चेकअप, फ्री वासिङको सुविधा पाएका थिए ।

उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिकाका रीतिज सापकोटा र काठमाडौ मैपीका सचिन आले रहेका छन् ।

पुरस्कार नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलका सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए ।

सोही अवसरमा अल्फा अटोमोटिभले “सर्भिस मेइस्ट्रो” पनि लन्च गरेको छ ।

सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहाकले हरेक वर्षको चार सर्भिसिङमा पार्टस, मर्मत लगायत सेवामा विशेष छुट एवम् सहुलियत प्राप्त गर्ने अल्फा अटोमोटिभ प्रालिका डाइरेक्टर मेघराज पैडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?