
७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ ।
आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।
कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4