+
+

मेयर हर्क साम्पाङविरुद्ध कालेपट्टी बाँधेर काम गर्दै धरानका वडाध्यक्षहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १९:३९

७ चैत, काठमाडौं । धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित भएका छन् । मेयर हर्क साम्पाङ राईले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका हुन् ।

धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङ्‍का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो ।

भट्टराईका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ । अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

भट्टराईका अनुसार १ चैतमा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा मेयर साम्पाङ्‍ले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए । मेयरको सचिवालयबाट भएको निर्देशन र मेयर साम्पाङ्‍को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ । दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ्‍को ध्यानाकर्षण गराएको उनले बताए ।

‘तर मेयर सा’बले आफूहरुले राखेको मागका बारेमा वेवास्ता गरेपछि बाध्य भएर विरोध स्वरुप कालोपट्टी बाँधेर जनताको काम गरिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?