+
+

सिमोस र प्रियंकाले नयाँ टेलिभिजन रियालिटी शो ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १२:२५

काठमाडौं । फिल्म निर्देशक सिमोस सुनुवार र अभिनेत्री प्रियंका कार्कीले आगामी टेलिभिजन रियालिटी शोका लागि सहकार्य गर्ने भएका छन् । मंगलबार आफूहरुबीच नयाँ शो ल्याउनेबारे सम्झौता भएको निर्देशक सुनुवारले जानकारी दिए ।

वेब–सिरिज ‘जस्ट एनदर लभस्टोरी’पछि यी दुईबीच सहकार्य हुन लागेको हो । कोरोना महामारीअघि प्रियंकाले आफ्नै युट्युब च्यानलमार्फत उक्त सिरिज ल्याएकी थिइन्, जसको सेटअप, डिजाइन र सम्पादन सुनुवारले नै गरेका थिए । सिमोस यतिबेला हिमालय लोकस्टारमा व्यस्त छन् ।

केही दिनमा नयाँ शो घोषणाको तयारी भएको छ । ‘यसबारे विस्तृत केही दिनमा घोषणा हुनेछ,’ सुनुवारले अनलाइनखबरसँग भने, ‘हामीबीच सहकार्य पक्का भएको छ र नयाँ भेन्चरलाई लिएर उत्साहित छौं ।’

टीभी रियालिटी शोसँगै सिमोस फिल्म ‘हात्तीछाप’ र ‘पारस’मा व्यस्त हुनेछन् । भुवन केसीको होम प्रोडक्सनमा बन्ने ‘पारस’ असोजदेखि सुटिङमा जाने जनाइएको छ । सिमोस र प्रियंकाले अर्को टीभी रियालिटी शो ‘सेफ नेपाल’मा पनि सहकार्य गर्दै थिए । तर छायांकन सुरु नहुँदै उक्त शोबाट सिमोस र प्रियंका बाहिरिएका छन् । प्रियंका यतिबेला टीभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?