+
+

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १७:५३

८ चैत, जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सप्तरी महादेवा गाउँपालिका-४ डाडाटोलकी ५० वर्षीया अमिना खातुनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार आज बिहान ९ बजे आफ्नो घरको शौचालय छेउमा थुपारी राखेको जस्तापत्ता एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा विद्युतको पोलमा प्रसारण भएको बिजुलीको नाङगो तारमा छोई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएकी उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?