+
+

बेलायतको संसदीय प्रतिनिधिले गरे एनएमबि बैंकको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:५७

काठमाडौं । ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरुले एनएमबि बैंकको भ्रमण गरेका छन् ।

एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयन पश्चात भएको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदान महत्वपूर्ण हुने बताएका थिए ।

भ्रमणमा सहभागी प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?