
९ चैत, काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग नेगेटिभ कन्भर्सेसन गर्ने एक जना पाइलट निलम्बनमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्नपूर्ण हेलिकप्टरका ती पाइलटले लुक्ला टावरसँग ‘नेगेटिभ कन्भर्सेसन’ गरेको पाइएको छ । ती पाइलट समेत प्राधिकरणले बिहीबार तीन छुट्टाछुट्टै कम्पनीका तीन पाइलटलाई निलम्बन गरेको छ । स्रोतका अनुसार ती पाइलटले एटीसीलाई सही जानकारी नदिएको पाइएको छ ।
प्राधिकरणका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु निलम्बनमा परेका हुन् । यससँगै उनीहरुले हेलिकप्टर उडान पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसरी निलम्बनमा पर्ने अन्य दुई पाइलटमा एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलट छन् ।
एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए ।
तीनै जना पाइलटलाई प्राधिकरणले बोलाएर बयान लिने छ । त्यसपछि मात्रै उनीहरुबारे निर्णय हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
*यसअघिको समाचारमा भुलवश पाइलटले अश्लिल बोलेको उल्लेख भएकाले हटाइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4