+
+

पोखरा महानगरले बढायो राजस्व असुलीमा सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १३:२०

९ चैत, पोखरा । पोखरा महानगरपालिकाले राजस्व असुलीमा सक्रियता बढाएको छ । चालु आर्थिक वर्ष  २०७९/८० को ७ चेतसम्मको तथ्यांक अनुसार महानगरले ६६ करोड ९७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

कर संकलन, बक्यौता तथा बेरुजु रकम असुलीलाई प्राथमिकतामा राखेर राजस्व संकलनको काम भइरहेको महानगरले जनाएको छ । पोखरा महानगरले भाडामा लगाएका सटरहरुको बक्यौता रकम असुली अन्तर्गत मालपोत कार्यालय अगाडिको सटरबाट १५ लाख ४ हजार १९४ असुली भएको र बक्यौता नभएको देखिएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।

त्यस्तै राष्ट्र बैंकस्थित सटरहरुबाट आव २०७५/७६ देखिको बक्यौता रकम १७ लाख ९५ हजार रुपैयाँ असुली गरेको र बाँकी असुलीको प्रक्रियामा रहेको जनाएको छ । महेन्द्रपुलको सटरहरुबाट ८ लाख ७५ हजार २ सय ६० असुली र बाँकी उठ्न बाँकी छ भने सिर्जनाचोकको सटरबाट पुरानो बक्यौता ३३ लाख ७१ हजार ९ सय ४२ असुली भएको छ ।

नयाँ बजारबाट काठमाडौं पोखरा भलाई प्रालिबाट २०७७/७८ देखिको बक्यौता रकम ३७ लाख असुली भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकले औल्याएको असुल उपर गर्नुपर्ने बेरुजु रकम करिब ७ करोड असुली गरी संपरीक्षणका लागि पेश गरिएको छ । यस वर्ष १७ वटा घाटहरु ठेक्का लगाएको र ४ वटा सम्झौताको चरणमा रहेको प्रतिवेदन लेखा समिति समक्ष प्रस्तुत गरिएको छ । राजस्व शाखाले पोखराको मणिपाल शिक्षण अस्पतालको बक्यौता यकिन गरी असुली प्रक्रियामा रहेको जनाएको छ ।

महानगरले पहिलो पटक पोखराको पृथ्वीनारायण क्याम्पसका सटरहरुलाई करको दायरामा ल्याएको छ । सटरहरुबाट बहाल कर असुल गरेको छ । सिम्रान कस्ट्रक्सनबाट कवाडी निकासीवापत आव २०७६/७७ मा तिर्नुपर्ने बक्यौता रकम १९ लाख २६ हजार ६ सय २३ असुली छ । सेती गर्ज दृश्यावलोकनको आब चालु आबको बक्यौता रकम २६ लाख ३२ हजार असुली गरि नयाँ ठेक्का सम्झौता भएको छ र ठेक्का प्रक्रियाको समयमा कार्यालयका कर्मचारी खटाई १७ लाख ३१ हजार पाँच सय रुपैयाँ संकलन गरेको छ ।

महानगरले ठूला करदाता निजी विद्यालय तथा अन्य व्यापारिक घरानालाई करको दायरामा ल्याउन पत्राचार गरिएको छ भने महानगरपालिकामा सानिसा मोडल अन्तर्गत २०७२/७३ देखि सञ्चालित ट्राफिक आइल्याण्ड, प्रतिक्षालय निर्माण गर्ने कम्पनिहरुले महानगरलाई तिर्नुपर्ने बक्यौता रकमको यकिन गरी असुलीको प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?