+
+

बागमती खप्तड गोल्डकपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते २०:२०

९ चैत, धनगढी । बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराउँदै बागमती युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।

बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए । बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

बिहीबारदेखि सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ वटा ए डिभिजन क्लबसहित १० टिम सहभागी छन् ।

प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?