+
+

युरो छनोट : इंग्ल्याण्डले इटलीलाई हरायो, केनको कीर्तिमानी गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ६:४०

१० चैत, काठमाडौं । डेक्लान राइस र ह्यारी केनको गोलमा इंग्ल्याण्डले इटलीलाई २–१ ले पराजित गर्दै युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ ।

इटलीको घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको इंग्ल्याण्डले पहिलो हाफमै दुई गोल गरेको थियो ।

इटली विरुद्ध गोल गरेसँगै केनले इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए । इंग्ल्याण्डका लागि यो उनको ५४औं गोल हो । उनले वायन रुनीको नाममा रहेको ५३ गोलको कीर्तिमान तोडेका हुन् ।

इंग्ल्याण्डका लागि डेक्लान राइसले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । केनले ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

इटलीका माटेओ रेटेगुईले ५६औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याएका थिए । तर त्यसपछि इटलीले गोल थप्न नसक्दा घरेलु मैदानमा पराजित भयो ।

इंग्ल्याण्डका लुक श ८०औं मिनेटमा रातो कार्ड (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितपछि इंग्ल्याण्डले समूह ‘सी’ मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २–१ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?