+
+

सुन्तलीले भनिन्- अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १२:५५
कुञ्जना घिमिरे 'सुन्तली घिमिरे' । फाइल तस्वीर

काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।

आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् । ‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’

आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हँु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

सुन्तलीको यो मर्मस्पर्शी पोस्टमा फ्यान र साथीभाइले चिन्ता नलिन र साहस बटुल्न सल्लाह दिएका छन् । अभिनेता तथा हास्य कलाकार मनोज गजुरेलले बलियो हुन सुझाएका छन् । रंगशाला बनाउँदा धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । सहयोग कबुल गरेकाले पनि अहिले आएर बेवास्ता गरेपनि धुर्मुस चिन्तामा छन् । रंगशालामा निर्माणमा धुर्मुस-सुन्तलीले अनियमितता गरेको भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् ।

फिल्म ‘सेन्टी भाइरस’ रिलिज भएपछि यो जोडी रंगशाला निर्माणतर्फ लागेको थियो । त्यसपछि उनीहरु अभिनयबाट टाढिएका थिए । केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले रंगशालाको विवाद साम्य भएपछि आफू फिल्म र अभिनयमा फर्कने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?