+
+

तेक्वान्दोका पूर्वखेलाडी सिंहको कलेजो प्रत्यारोपण सफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १३:४३

१० चैत, चितवन । कलेजो रोगबाट पीडित तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ ।

भारतको नारायण मल्टिस्पेसाालिटी अस्पताल गुरगाउँ नयाँ दिल्लीमा सिंहको कलेजो प्रत्यारोपण गरिएको हो । माघ १६ गते सिंहको १२ घण्टा लगाएर कलेजो प्रत्योरोपण गरिएको प्रत्यारोपण सर्जन डा.सञ्जय यादवले जानकारी दिए ।

सिंहलाई उनकी पत्नी गौरी सिंहले कलेजोदान गरेकी थिइन् । डा. यादवको नेतृत्वमा डा.सञ्जय गोजा, डा.मनोजकुमार सिंह, डा.अनुसरिन, डा.रम्निक, डा.सचिन र डा. दीक्षाको टिमले कलेजो प्रत्यारोपण गरेको हो । प्रत्यारोपणमा ५ जना तालिम लिएका नर्सहरु सहभागी थिए ।

शेरबहादुरकी श्रीमती गौरी सिंहले आफूहरुको स्वास्थ्यमा निकै सुधार आएको अनलाइनखबरसँग बताइन् । ‘अहिले हामी दुबै जनालाई निकै राम्रो भइरहेको छ, सोचेको भन्दा चाँडै निको हुँदैछ’ गौरीले भनिन्, ‘मैंले त ५ दिनमात्रै औषधि खाएर छाडे, श्रीमानलाई अहिले ६ महिनाका लागि औषधि छ ।’ तीन महिनापछि फलोअपका लागि नयाँ दिल्ली जाने उनले बताइन् ।

गत फागुन ४ गते अस्पतालबाट डिस्चार्ज भएका सिंह घर धनगढी आएका छन् । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित बनेका पूर्व राष्ट्रिय खेलाडी सिंहलाई खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरुले उपचारका लागि आर्थिक सहयोग गरेका थिए ।

सो अस्पतालमा कलेजो प्रत्यारोपणका लागि १७ लाख भारतीय रुपैयाँ लाग्छ । गरिब तथा विपन्नहरुको प्रत्यारोपणमा भने अस्पतालले सामाजिक उत्तरदायित्व सम्बन्धी कोषबाट खर्च गर्ने गरी केही सस्तोमा समेत प्रत्यारोपण गर्दै आएको डा. सञ्जयले जानकारी दिए ।

भारतका विभिन्न अस्पतालमा नेपालीहरुले कलेजो प्रत्यारोपण लगाउँदै आएका छन् । डा. यादवका अनुसार पछिल्लो तीन महिनाको अवधिमा सो अस्पतालमा ४ जना नेपालीको कलेजो प्रत्यारोपण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?