+
+

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकृत आजदेखि अवकाशमा

नयाँ नेतृत्व चयनका लागि मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १६:०९

१० चैत, काठमाडौं । नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाउँदैछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा जाँदैछन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदैछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन् । आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक सिंहले एक वर्ष मात्रै प्रहरीको नेतृत्व गर्न पाए । उनले कार्यकालको अन्तिममा सेवा अवधि हटाउने प्रयास गरेपनि सफल भएन ।

यसैबीच, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्न केहिवेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये एक जनालाई सरकारले महानिरीक्षकमा बढुवा गर्नेछ ।

मन्त्रिपरिषद्को निर्णय चाँडै आए महानिरीक्षकको स्वागत र विदाइ एकसाथ गर्ने प्रहरी प्रधान कार्यालय, नक्सालको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?