+
+

जातजाति, भाषा र धर्मका तथ्यांक किन भएनन् सार्वजनिक ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते २०:२१

१० चैत, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी दुई वर्ष भित्र सबै तथ्यांक सार्वजनिक गरिसक्ने भनेको छ । तर जनगणनाको मुख्य अवयव मानिने भाषा, धर्म र जातजातिसँग सम्बन्धित तथ्यांक नआउँदा भने नतिजा अपुरो बनेको छ ।

यी तथ्यांक संवेदनशील रहेको र जातजाति, समूह र पहिचानको विवादबारे केही निवेदनहरु समेत आएका कारण थप छलफल गर्नुपर्ने भन्दै कार्यालयले अहिले तथ्यांक सार्वजनिक नगरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘जातजाति र समूह कायम गर्ने सम्बन्धी केही मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधीन छन्, साथै संवैधानिक आयोग र सरोकारवालासँग थप छलफल गर्न आवश्यक भएका कारण यी तथ्यांक अहिले सार्वजनिक नगरिएको हो ।’

नेपालमा जातजातिका आधारमा सरकारी सेवामा आरक्षणको सुविधा छ । सोही कारण सकेसम्म कम विवाद हुने गरी तथ्यांकहरु ल्याउने गरी कार्यालयले जनजाति आयोग, मुस्लिम आयोग, दलित आयोग तथा सरोकारवाला संघसंस्थासँग समेत कार्यालयले थप छलफल गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?