+
+

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते ९:५२

११ चैत, काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ ।

समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो । लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् ।

समूह एफमा बेल्जियम ३ अंक जोडेर दोस्रो स्थानमा छ । अजरवैजानलाई ४-१ ले पारजित गरेको अष्ट्रिया यस समूह्यको शीर्ष स्थानमा छ ।

यसै खेलबाट स्वीडेनका भेट्रान फरवार्ड ज्लाटान इब्राहिमोभिचले पनि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका छन् । ४१ वर्षीय इब्राहिमोभिचले अन्तिम १७ मिनेट मैदानमा बिताए ।

इब्राहिमोभचिले ४१ वर्ष ५ महिना २१ दिन हुँदा बेल्जियमविरुद्ध खेलेका हुन् ।

युरो छनोट खेल्ने सबैभन्दा पाका खेलाडी भने जिब्राल्टरका लि काससियारो बने । उनले ग्रीसविरुद्ध शुक्रबार खेल्दा इब्राहिमोभिचभन्दा ४ दिनले पाका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?