+
+

माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १७:५४

११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए ।

‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ’, सचिव पौडेलले भने ।

उनका अनुसार प्रदेश सरकार पनि आलोपालो प्रणाली अनुसार निर्माण हुनेछ । ‘प्रदेश सरकार पनि आलोपालो अनुरुप निर्माण हुनेछ र प्रदेश सरकारलाई संघीय सरकारको बजेट र नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने छलफल भएको छ’ उनले भने ।

माओवादी बैठकमा संसदलाई गतिशील रुपमा सञ्चालन गर्ने, ऐन कानुन निर्माणमा तिब्रता दिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंग्याउने विषयमा छलफल भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?