+
+

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १३:१४

काठमाडौं । दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ ।

राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै रुचाउनुभएको छ,’ निर्देशक वलीले अनलाइनखबरसँग भने, ‘यसले लाइनअपलाई बलियो बनाएको महसुस हामीले गरेका छौं । अन्य बलिया कलाकार पनि जोडिंदै हुनुहुन्छ ।’

सौगात यतिबेला ‘भष्मे डन’को छायांकनमा व्यस्त छन् । ‘क्यामिनो’ वैशाख १५ गतेदेखि छायांकनमा जाँदैछ । दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर जोखिमपूर्ण ढंगले अमेरिका छिर्न संघर्ष गर्ने पात्रहरुको कथावस्तुमा फिल्म निर्माण हुँदैछ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मलाई सुनिल विष्टले निर्माण गर्नेछन् । यतिबेला फिल्मको कार्यशाला चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?