+
+

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित, उपाधि जित्ने सम्भावना सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते २१:२३

१२ चैत, काठमाठौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेपछि उपाधिको सम्भावना सकिएको छ ।

आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग ३-० ले पराजित भएको हो ।

बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल गर्‍यो । रुसका लागि एलिना गोलिकले ६३औं र ७४औं मिनेटमा गोल गरिन् ।

यस्तै ८३औं मिनेटमा पोलिना फिलसिनाले गोल गरिन् । गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगे पनि दुई हारपछि सम्भावना समाप्त भएको हो ।

यसअघि नेपाल पहिलो खेलमै भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । लगातार तीन जितपछि युरोपियन टिम रुसले उपाधि सम्भावना बलियो बनाएको छ ।

तीन खेलबाट ३ अंक मात्र रहेको नेपाल पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको चौथो स्थानमा छ । नेपालले अब अन्तिम खेल घरेलु टोद्यी बंगलादेशसँग मंगलबार खेल्नेछ ।

उक्त खेल जिते पनि नेपालले शीर्ष स्थानको रुसलाई भेट्ने छैन । लगातार तीन खेल जित्दै रुस ९ अंक जोडेर शीर्ष स्थानमा छ ।

रुस प्रतियोगितामा अपराजित एक्लो टोली हो । आज आइतबारकै अर्को खेलमा भुटानलाई पराजित गरेको भारत तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । बंगलादेशको समान ६ अंक भए पनि तेस्रो स्थानमा छ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?