+
+

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ८:०२

काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ ।

पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे ।

रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् ।

लगातार जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । स्लोभाकिया ४ अंक जोडेर समूह जे को दोस्रो स्थानमा छ ।

अर्को खेलमा स्लोभाकियोले बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?