+
+

एक खेलअघि अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ८:१०

१३ चैत, काठमाडौं । अफगानिस्तानले एक खेल अगावै पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो ।

पाकिस्तानविरुद्धको अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो ।

शारजाहमा भएको खेलमा पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले  २ चौका र १ छक्का प्रहार गरे । इब्राहिम जद्रान ४० बलमा ३८ रन जोडे ।

नजिबुल्लाह १२ बलमा २ चौका र १ छक्का मदतमा अविजित २३ रन बनाए । यस्तै मोहम्मद नावीले ९ बलमा अविजित १४ रन जोडे । उनले एक छक्का प्रहार गरे ।

पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । कप्तान शादब खानले ३२ रन जोडे ।

अफगानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले १-१ विकेट लिए ।

पाकिस्तान र अफगानिस्तानबीचको तेस्रो टी-२० सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?