+
+

पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १२:५४
मृतक पदम लिम्बु ।

१३ चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको  विरोध  प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।

मन्त्रिपरिषद बैठकले घटनाको  छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय  र  प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद पनि दिएको सरकारका प्रवक्ता मन्त्री सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?