+
+

३ देखि ७ दिनभित्रै सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं : यातायातमन्त्री 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १४:४०

१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने बताए ।

उनका अनुसार अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भएपनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए ।

‘दिनको २ हजार लाइन्सेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ,’ उनले भने, ‘अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ ।’

अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको भन्दै उनले त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताए । यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरु बाधा बनेको उनले बताए ।

‘समस्या सल्टाउन ७–८ महिना लाग्छ,’ उनल भने, ‘त्यसपछि बढीमा ७ दिनभित्र नै लाइसेन्स दिने व्यवस्था हुन्छ ।’

अहिले प्रक्रिया पुरा गरेपछि करिब २ वर्षसम्म पनि लाइसेन्स पाउने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?