+
+

मधेशका ४ साना दलले बनाए लोकतान्त्रिक मधेशी मोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १५:५३

१३ चैत, काठमाडौं । मधेश केन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् ।

मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ ।

अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेशको सही प्रतिनिधित्व गर्ने बताए ।

‘मधेशको मुद्दाको मसाललाई हामी अगाडि बढाउँछौं । मधेशको मुद्दाको ज्योति, मधेशको आन्दोलनलाई हामी अगाडि बढाउँछौं भन्ने अठोटका साथ हामी चारवटा पार्टीहरु एक ठाउँमा जम्मा हुने निर्णय गरेका छौं । एकजुट हुने निर्णय गरेका छौं । सहकार्य गर्ने निर्णय गरेका छौं’ उनले भने ।

मोर्चाले पहिचानका आधारमा प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ । त्यस्तै राष्ट्रिय सभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?