+
+

निःशुल्क माटो परीक्षणपछि कमलामाइका किसान खुसी

रासस रासस
२०७९ चैत १३ गते १६:२८

१३ चैत, सिन्धुली । कमलामाई नगरपालिका-७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ ।

कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन् ।

माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा. कृष्णविलाश अधिकारीले जानकारी दिनुभयो । खेतमा किसान, विद्यार्थी र कृषि विशेषज्ञसहितको टोलीको सो कार्य गरेको हो ।

शिविरमार्फत तरकारी र अन्नबालीका लागि माटो उपयुक्त छ या छैन भनी परिक्षण र किसानलाई परामर्श दिइएको थियो । किसानलाई कम्पोष्ट, युरियामल, पोटास, कृषि चुन कसरी प्रयोग गर्ने भनेर जानकारी गराइएको थियो । खाद्यान्न उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बागमती प्रदेशका तीन जिल्लामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

माटो परीक्षण गर्दा नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास उच्च पाइएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटो विज्ञ कृष्ण अर्यालले बताए । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लियपना बढी हुने र खाद्यतत्व उत्पादनमा कमी हुँदै जाने उनको भनाइ थियो ।

बदर्उेटार, डाँडाटोल, खैरेनी र माझीटारमा रहेका खेतीयोग्य जमिन मकै र धान बाली उपयुक्त हुने उनले बताए । किसानलाई जग्गाको क्षेत्रफलअनुसार युरिया, डिएपी र पोटास मल प्रयोग गर्न सल्लाह दिइएको थियो ।

बर्देउटारका कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण गराएको बताए । माटो परीक्षण गर्न प्रतिकिसान रु पाँच सय लाग्ने र निःशुल्क माटो परीक्षणसँगै कृषि विज्ञसमक्ष आफ्ना समस्या राख्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?