+
+

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मौसम स्टेसन स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ८:२९

१४ चैत, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन स्थापना गरिएको छ । कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तथा कृषकहरुलाई लक्षित गरी मौसम स्टेसन स्थापना गरिएको हो ।

यसबाट सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र वर्षाको तथ्यांकबारे जानकारी उपलब्ध हुनेछ । त्यसको आधारमा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर कृषि विशेषज्ञ र प्राविधिकहरुले योजना निर्माण गर्ने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

चन्द्रकोट ४ शान्तिपुरमा परियोजना सन्चालन गरिरहेको रुरु जलविद्युत परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा राखिएको यसप्रकारको वेदर स्टेशन सम्भवतः नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेशन भएको रुरु जलविद्युत परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?