+
+

क्यूएफएक्सको प्रष्टीकरण : हलभित्र लैंगिक अल्पसंख्यकलाई सुरक्षित तुल्याउन प्रतिबद्ध छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १२:४५

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स फिल्मको चेन क्यूएफएक्स सिनेमाजले अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटीक्यूआईए)सँग सम्बन्धित केही दर्शकलाई लिएर लबिम हलमा भएको भनिएको एक विवादित घटनाबारे प्रष्टीकरण दिएको छ ।

क्यूएफएक्सले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा कर्मचारीको संलग्नताप्रति खेद व्यक्त गरेको छ । मार्च २६ मा लबिम मलमा सेरेन बलामी नामक एक दर्शकप्रति भएको दुर्व्यवहारको घटनाप्रति क्यूएफएक्सले विज्ञप्तिमार्फत माफी समेत मागेको छ । ‘एलबीटीक्यूआईए समुदायका दर्शकप्रति दैनन्दिन भइरहेका कठिनाइ र भेदभावका घटनाविरुद्ध चेतना जगाउन हामी चुक्यौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘यो घटनाबाट पर्न गएको असरप्रति हामी गम्भीर छौं र आइन्दा दोहोरिन नदिनेप्रति सचेत छौं,’ क्यूएफएक्सले भनेको छ, ‘क्यूएफएक्सलाई प्रत्येक दर्शकको लागि आरामदायी र सुरक्षित तुल्याउने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौं ।’

यसै साता लबिम हलमा केही समलिंगी दर्शकसँग सम्बन्धित विवादबारे सामाजिक सञ्जालमा समेत चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?