+
+

भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामर्थ्यको वृद्धि प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:२६

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताएका छन् । अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौती रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उनले बताए । उनले चुनौतीहरुको डटेर सामना गर्न नेपाली सक्षम रहेको पनि उनले बताए ।

‘परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ ।’ उनले सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरेर आवश्यक पहलकदमी लिन सैनिक अधिकारीहरुलाई आग्रह पनि गरेका छन् ।

राजनीति, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा नै राष्ट्रिय सुरक्षा हो भन्दै उनले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाएर बुझ्न  नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?