+
+

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:५८

१४ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए ।

‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष मल्लले भने, ‘यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’ उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्ने तर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानाकर्षण गराए ।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘पूँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल गाह्स्थ उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकाशिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो’ उनले भने ।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाईम कार्ड लागु गर्नुपर्ने मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाबाट मुक्त बनाउनुपर्ने बताइन् । संसदमा आफूहरुले यो विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरु पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?