+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:५८

१४ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए ।

‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष मल्लले भने, ‘यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’ उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्ने तर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानाकर्षण गराए ।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘पूँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल गाह्स्थ उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकाशिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो’ उनले भने ।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाईम कार्ड लागु गर्नुपर्ने मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाबाट मुक्त बनाउनुपर्ने बताइन् । संसदमा आफूहरुले यो विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरु पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?