+
+

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १७:२९

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण खुलाएकी छन् । हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू दिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट नभएको उनले बताएकी छन् ।

अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुरा गरिन् । बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिका बस्ने निर्णय, निक जोनससँगको प्रेम सम्बन्ध, पुरुष कलाकारको तुलनामा कम पैसा पाउने जस्ता धेरै विषयमा प्रियंकाले आफ्ना अनुभव बाँडेकी छन् । अभिनयदेखि गायनसम्मको आफ्नो यात्राको बारेमा पनि उनले बताएकी छन् ।

प्रियंकाले त्यतिबेला आफू बलिउडबाट बाहिरिने बाटो खोजिरहेको बताइन् । यस्तो अवस्थामा संगीतकै कारण विश्वका अन्य भाग घुम्ने मौका पाएको उनको अनुभव छ । बलिउडमा आफूले पाएको कामबाट सन्तुष्ट नभएको उनको दाबी छ । ‘यस्तो अवस्थामा गीत गाउने मौका पाएपछि बलिउड छाडेर अमेरिका गएँ,’ उनले भनिन् ।

सन् २०१२ मा ‘इन माइ सिटी’बाट गायन करिअर सुरु गरेकी प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग विवाह गरिन् र अमेरिकामै बस्न थालिन् । गत वर्ष उनी आमा बनिन् ।

करण जहरतर्फ तेर्सियो निशाना

प्रियंका चोपडासँग ‘फेसन’मा काम गरेकी अभिनेत्री कंगना रनौतले करण जोहरमाथि आरोप लगाएकी छन् । कंगनाले भनिन्, ‘बलिउडका बारेमा प्रियंका चोपडा भन्छिन् कि मानिसले उनलाई गिरोह बनाएर उत्पीडन गरे र फिल्म उद्योगबाट निकालिदिए । एक ‘सेल्फ मेड’ महिलालाई भारत छाड्न बाध्य पारियो । सबैलाई थाहा छ कि करण जोहरले उनलाई प्रतिबन्ध लगाएका थिए ।’

अर्को ट्विटमा उनले लेखेकी छन्, ‘अमिताभ बच्चन वा शाहरुख खानको पालामा बाहिरी व्यक्तिसँग कहिल्यै शत्रुता नभएको फिल्म उद्योगको संस्कृति र वातावरणलाई नष्ट गर्नका लागि यो मानिसलाई जिम्मेवार ठहर्‍याउनुपर्छ । कंगनाले भनिन्, ‘उनको गिरोह र माफिया पीआरलाई छापा मार्नुपर्छ र बाहिरका मानिसलाई सताउन जिम्मेवार ठहराउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?