+

रक्सी र स्न्याक्स एकसाथ खाँदा के हुन्छ ?

२०७९ चैत  १५ गते १२:१६ २०७९ चैत १५ गते १२:१६
रक्सी र स्न्याक्स एकसाथ खाँदा के हुन्छ ?

हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम हुन्छ । त्यही कारण धेरैले रक्सीसँगै प्लेटभर सितन राख्ने गर्छन् । त्यसमा पनि धेरैजसो मासुजन्य परिकार हुन्छ । तारेको, भुटेको मासु । यसबाहेक दालमोठ, चिप्स पनि अनिवार्य जस्तै हुन्छ ।

उनीहरु भनिरहेका हुन्छन्, ‘रक्सी मात्र पिउनुभन्दा त्यससँगै स्न्याक्स खानु राम्रो हो ।’ वास्तवमा यो सरासर भ्रम हो । रक्सीले त हानि गर्छ नै त्यसमाथि स्न्याक्स भएपछि ‘आगोमा घिउ’ थपिए जस्तै हो ।

रक्सी र सितन एकसाथ खाँदा कम असर गर्छ भन्नै हुँदैन । सितनको रुपमा तारेको, पोलेको, भुटेको मासु खाने गर्छन् । साँधेको बदाम, चाउचाउ, भुजिया पनि त्यसमा समावेश गरिन्छ । यी सबैले स्वास्थ्यलाई एकदमै हानि गर्छ ।

कतिपयले चाहिं रक्सीसँग काँक्रो, मूला, गाँजर वा फलफूलको सलाद खाने गर्छन् । रक्सीसँग खाएपछि यी खानेकुराले पनि फाइदा गर्छ भन्ने चाहिं हुँदैन । तर अन्य सितनको तुलनामा कम हानि मात्र गर्ने हो ।

रक्सी प्रोत्साहन गर्न मिल्ने पेय पदार्थ होइन । यो आफैंमा पनि नराम्रो पेय पदार्थ हो । यो जसरी खाएपनि, जेसँग खाएपनि हानि नै गर्ने हो । यसले शरीरलाई कुनै फाइदा गर्दैन ।

कसरी गर्छ हानि ?

रक्सीले मुख्यतया शरीरको तीनवटा अंगमा नराम्रो असर गरेको हुन्छ, पेट, कलेजो र आमाशयमा । यसले आमाशय (पाचन प्रक्रिया) लाई दयनीय अवस्थामा पुर्‍याएको हुन्छ ।

सितनमा चिल्लो पदार्थ धेरै हुन्छ, जसले रक्सी तथा सितन एकैचोटि खाँदा पाचन शक्ति कमजोर भएको हुन्छ । रक्सी र सितन एकसाथ खाएपछि अपच हुने, ग्यास भरिने, बान्ता हुने समस्या हुन्छ ।

कुन-कुन अंगमा हानि गर्छ ?

रक्सीले ग्यास्ट्रिक र पाचन प्रक्रिया बिगार्छ भने योसँगै सितन खाँदा आमाशय (पाचन प्रणाली) बिग्रिएर मुटुमा, पेटमा, कलेजोमा, आमाशय (पाचन प्रणाली)मा ठूलो आन्द्रामा हुने जोखिम धेरै हुन्छ । त्यस्तै कलेजो खराब गर्ने, खाना पचाउने नली सुन्निने जस्ता जोखिमपूर्ण समस्या उत्पन्न गरेको हुन्छ । यसले पक्षघातसम्म गराउँछ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. भण्डारी चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत छन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

रक्सी स्न्याक्स
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय