+
+

हिमाल आरोहणका लागि २० टोलीका १४२ जनाले लिए अनुमति, सगरमाथामा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:५५
फाइल तस्वीर

१४ चैत, काठमाडौं । वसन्त ऋतुका लागि मंगलबारसम्म २० टोलीका १४२ जना सदस्यले आरोहण अनुमति लिएका छन् । यसमा ३३ जना महिला छन् । पर्यटन विभागका अनुसार यस ऋतुमा मंगलबारसम्म अन्नपूर्ण प्रथमका लागि सबैभन्दा धेरै ५ टोलीका ५४ जनाले अनुमति लिएका छन् । दोस्रो धेरै अनुमति सगरमाथाका लागि जारी भएको छ । मंगलबारसम्म सगरमाथामा ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।

मंगलबारसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ । जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ । नुप्त्सेका लागि ३, सुर्र्मा सरोबारका लागि २ जनाले अनुमति लिएका छन् ।

सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका ८ जना छन् । चीनका ५, अष्ट्रेलियाका २/२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १/१ जनाले अनुमति लिएका छन् ।

सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन् । दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८/८ जनाले अनुमति लिएको विभागले जनाएको छ । मंगलबारसम्म हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?