+
+

ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १७:०२

काठमाडौं । ग्लोबल आईएमई बैंकले युवा/विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय सातै प्रदेशमा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण अन्तर्गत ६ चैतदेखि १२ चैतसम्म ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ नारासहित कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको बैंकले बताएको छ ।

यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रब्यदृष्य सामग्रीहरु पनि प्रसारण गरेको बैंकको भनाइ छ ।

बैंकका अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?