
१६ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सिफारिस दिने भएको छ ।
सवारी साधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिंदै आएको छ ।
सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिनेछ ।
सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4