+
+

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ११:२७

७ चैत, गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ ।

विहीबार राति करिब ११ बजे गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा उनले चलाएको भे ६ प ७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव दश मिटर तल खसेको थियो । सूर्य कन्स्ट्रक्सन कम्पनीमा स्काभेटर चालकको रुपमा कार्यरत उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल राखिएको र मृतकको आफन्तलाई खबर समेत गरिसकिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?