+
+

प्रचण्ड क्याबिनेटमा खड्कालाई दोस्रो वरीयता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:२१

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

शुक्रबार एक उपप्रधानमन्त्री र १० मन्त्री थपिएका छन् । एक मन्त्रीको मन्त्रालय हेरफेर भएको छ ।

नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर आएका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् ।

यससँगै प्रचण्ड सरकारमा दुई उपप्रधानमन्त्री भएका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए ।

उनको मन्त्रालय भने फेरिएको छ । प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

वरीयतामा भने श्रेष्ठ भन्दा खड्का अगाडि छन् । प्रचण्ड सरकारमा उनी दोस्रो वरीयतामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?