+
+
प्रधानमन्त्री कप फुटबलको फाइनल :

दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो रोजाइमै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:५९

१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओससँग सुरुमै मैदान उत्रिने खेलाडीको नाम सार्वजनिक भएको छ ।

साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो रोजाइमै मैदान उत्रिने छन् ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?