
१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओससँग सुरुमै मैदान उत्रिने खेलाडीको नाम सार्वजनिक भएको छ ।
साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो रोजाइमै मैदान उत्रिने छन् ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।
नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4