+
+

रमजान : पवित्रता र परोपकारको पर्व

अब्दुल समिम अब्दुल समिम
२०७९ चैत १७ गते १८:०५

इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । इस्लाम धर्मावलम्बीहरुले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ ।

रमजान हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिं इस्लाम धर्मावलम्बीको पात्रो हो । इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप प्रत्येक वर्ष रमजान सुरु हुने मिति १० दिनसम्मले फरक पर्न सक्छ । यस वर्ष चैत १० गतेबाट यो सुरु पर्व सुरु भएको छ भने वैशाख ९ वा १० गते सम्पन्न हुनेछ ।

कसरी मनाइन्छ रमजान ?

रमजानको व्रत बस्ने व्यक्तिले सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत पिउँदैनन् । उक्त समयमा धुम्रपान, मद्यपान र यौन क्रियाकलाप पनि बन्देज गरिएको छ । तर सूर्यास्त भएपछि भने यो नियम लागु हुँदैन । सूर्यास्तपछि व्रत भंग गरेर खाना खान सकिन्छ ।

व्रत भंग गर्नका लागि पानी र खजुर खाने परम्परा छ । त्यसपछि भने सूर्योदय नभएसम्मका लागि खानाका लागि थुप्रै परिकार बनाएर खाइन्छ ।

दिनमा इस्लाम धर्मावलम्बीहरुले नमाज पढ्छन् र समाजको उन्नतिको कामना गर्दै अल्लाहको पूजा गर्छन् । बिहान सूर्योदयभन्दा अगाडि उठेर नास्ता गरेर नमाज पढेपछि आफ्नो दैनिक काममा जान सक्छन् । त्यसपछि दिनभरि व्रत बस्ने र सूर्यास्तपछि खाना खाएर परिवारसँग समय बिताउनुपर्छ । एक महिनासम्म यो दैनिकी अपनाउनुपर्छ ।

रमजान एक पवित्र महिना हो, जसमा मुस्लिम समुदायका मानिसहरूले धेरैभन्दा धेरै परोपकारी कार्य गर्छन् र दुःखमा रहेका व्यक्तिलाई सहयोग गर्छन् ।

साना बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, बिरामी, महिनावारी भएका वा विशेष ख्याल राख्नुपर्ने व्यक्तिलाई व्रत नबस्न पनि छुट दिइन्छ । उनीहरुबाहेक सबैले यो व्रत बस्नेपर्ने परम्परा छ ।

यदि कसैले रमजानको समयमा व्रत बस्न मिलेन वा पाएन भने पनि महिना सकिएपछि पनि व्रतलाई कायम राख्न सक्छन् ।

यो पर्व किन मनाइन्छ ?

यो महिना इस्लाम धर्मका मूल्य र मान्यतालाई आत्मसात गर्दै एक असल व्यक्तिका रूपमा आफूमा परिवर्तन गर्नु पनि हो । समुदायका धेरै सदस्यले आफूमा भएका नकारात्मक भावना र बानीबाट मुक्त राख्न पनि रमजानको व्रत बस्छन् । यसबाहेक भावनात्मक र आध्यात्मिक रूपमा आफूले आफूलाई शुद्धीकरण गर्नु पनि यो रमजानको उद्देश्य हो ।

(नेपाल जामे मस्जिदका अध्यक्ष समिमसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?